Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्थामा : विष्णु पौडेल

सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्थामा : विष्णु पौडेल

  • 1.5K
    SHARES

  • सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्थामा : विष्णु पौडेल

    बुटवल,कार्तिक ५ ।

    एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक सङ्कटमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्था आएको आरोप लगाउनु भयो । 

    नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार  रहनुभएका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको दाबी गर्नुभयो । 

    पौडलले मुलुक मूल्यवृद्धिको ठूलो मारमा परेको बताउँदै अहिले मूल्यवृद्धि ८ दशमलव १ प्रतिशत पुगेको दाबी गर्नुभयो । उहाँले अस्वाभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले निजी क्षेत्र अस्थिर बनेको बताउनुभयो । 

    उहाँले गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको दाबी गर्नुभयो । 

    कोरोना महामारीले धराशायी भएका निजी क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धि भएको भन्दै तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले निजी क्षेत्रको मागप्रति ऐक्यबद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभयो । 

    यसैगरी, रुपन्देही–२ ‘ख’ का एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले यहाँका उद्योगी व्यवसायीहरुको माग सम्बोधनका लागि नेकपा एमाले सकारात्मक भएको बताउनुभयो । 

    उद्योगी व्यवसायीहरुको तर्फबाट बोल्दै नेपाल उद्योग व्यवसायी महासङ्घका अध्यक्ष माधव नेपालले बैंकहरुले ब्याजदरमा उच्च वृद्धि गर्दा पनि सरकारले केही गर्न नसकेको भन्दै चिन्ता प्रकट गर्नुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology