Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही–२ : राजु गुरुङको रिट रेग्मी र खतिवडाको संयुक्त इजलासमा,सुनुवाई जारी

रुपन्देही–२ : राजु गुरुङको रिट रेग्मी र खतिवडाको संयुक्त इजलासमा,सुनुवाई जारी

  • 2.3K
    SHARES

  • रुपन्देही–२ : राजु गुरुङको रिट रेग्मी र खतिवडाको संयुक्त इजलासमा,सुनुवाई जारी

    बुटवल,कात्तिक ४ ।

    सर्वोच्च अदालतमा रुपन्देही–२ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको राजु गुरुङको रिटमा सुनुवाइ जारी रहेको छ  । शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा उम्मेदवार गुरुङले दायर गर्नुभएको रिटमा सुनुवाइ भइरहेको हो ।

    बैङ्किङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेपछि उहाँले असोज २७ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

    यसअघि असोज ३० गते रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    त्यस्तै, कात्तिक २ गते न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासले उम्मेदवार गुरुङको रिट हेर्न नभ्याइने सूचना राखेको थियो । उक्त रिटका लागि आज पेसी तोकिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology