Logo बुधवार, कार्तिक १२ गते २०८३
images

रुपन्देही क्षेत्र नंं २ : राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

रुपन्देही क्षेत्र नंं २ : राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

  • 1.9K
    SHARES

  • रुपन्देही क्षेत्र नंं २ : राजु गुरुङको मुद्दाको  अन्तिम सुनुवाई आज

    बुटवल,कार्तिक २।

    रुपन्देही क्षेत्र नंं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका राजु गुरुङको मुद्दाको सुनुवाई आज हुंदैछ ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको हाे। यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएका थिए ।

    आज यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ। निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो।

    आयोगले उम्मेदवारी खारेजी गरेपछि गुरुङले सर्वोच्च अदालतमा आयोगको फैसला त्रुटिपूर्ण रहेको भन्दै खारेजी माग्दै रिट दिएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology