Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजु गुरुङको उम्मेद्वारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयद्वारा जानकारी

राजु गुरुङको उम्मेद्वारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयद्वारा जानकारी

  • 2.4K
    SHARES

  • राजु गुरुङको उम्मेद्वारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयद्वारा जानकारी

    बुटवल,असोज ३१ ।

    सर्वोच्च अदालतको आदेशपछि रुपन्देही क्षेत्र न २ निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङको उम्मेद्वारी कायम गरेको छ । यसअघि असोज २५ गते गुरुङको उम्मेद्वारी खारेज गरेको थियो ।

    निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न २ का निर्वाचन अधिकृत उदविर नेपालीले सोमबार दिउँसो सुचना निकाल्दै गुरुङको उम्मेद्वारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरेका छन ।

    नेकपा एकिकृत समाजवादीबाट उम्मेद्वार भएका गुरुङको उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङ्गको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९-०६ - २५ मा भएको निर्णय कार्यान्वयन नगरि यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ’ निर्वाचन अधिकृतको कार्यालयको सूचनामा भनिएको छ ।

    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न आईतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो।
    निर्वाचन कार्यालयको उक्त निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology