Logo बुधवार, कार्तिक १२ गते २०८३
images

गुल्मीको विकासमा प्रतिबद्ध रहनेछु : फर्सुराम पाण्डे

गुल्मीको विकासमा प्रतिबद्ध रहनेछु : फर्सुराम पाण्डे

  • 1.5K
    SHARES

  • गुल्मीको विकासमा प्रतिबद्ध रहनेछु : फर्सुराम पाण्डे

    हरि सुवेदी/ गुल्मी, असोज २५।

    नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं १ प्रदेश ख बाट फर्सुराम पाण्डेले आईतवार उम्मेदवारी दर्ता गरेसंगै गुल्मेली जनतामा खुसीको लहर छाएको छ ।

    गुल्मेली जनताका लागि आशा र भरोसाका केन्द्रका रूपमा रहनुभएका पाण्डेको लामो राजनैतिक त्याग, समाजसेवी भावना र निष्ठाका कारण नेकपा एमालेले  गुल्मी क्षेत्र नं. १ को प्रदेश ख बाट टिकट दिएको हो ।

    पाण्डेलाई प्रदेशमा उठाउने एमालेको निर्णयले समग्र गुल्मेली जनताले अव गुल्मीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छन । पाण्डेको उम्मेदवारीले गुल्मी जिल्लामा नेकपा एमालेले विजय हासिल गर्ने कुरामा ढुक्क भएको स्थानीय वासिन्दाको भनाई छ ।

    वि.सं. २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरि अभानेस्ववियुको दिल्ली नगर कमिटिको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरू गर्नुभएका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
    २०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गर्नुभएका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्नुहुन्छ ।

    गुल्मी काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका कुशलतापूर्वक सम्पन्न गर्नुभएका पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रिय सम्पर्क समन्वय कमिटिको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीवीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रिय महासचिव हुनुहुन्छ ।

    गुल्मेली जनताले पाण्डे एक कुशल राजनीतिकर्मी मात्र नभएर समाजसेवी भावनाले ओतप्रोत नेता भएको भन्दै पाण्डेको जीत सुनिश्चित रहेको बताएका छन । विगत २५ बर्षदेखि उद्यमशीलता विकास र स्वरोजगार बन्ने प्रेरणा दिने अभियानमा लाग्नुभएका पाण्डेसंग स्थानीय श्रोत साधनलाई प्रयोग गरि सयौं उद्योग स्थापना र संचालन गरेको अनुभव समेत छ ।

    लायन्स क्लव गुल्मीको अध्यक्ष भैसक्नु भएका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर हजारौं मानिसको आँखाको शल्यक्रिया र उपचार गराएर गुल्मेली जनताको माया र आशिर्वाद पाउनु भएको छ ।

    सामाजिक सेवाकै क्रममा उहाँले आगलागी, बाढी पहिरो तथा विपदका अन्य घटनामा प्रभावित भएकाहरूको उद्धारका लागि तन, मन र धनले सहयोग गर्नुभएको छ ।
    गुल्मीमा उहाँको उम्मेदवारीले गुल्मीका मतदातामाझ उत्साह बढाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology