बुटवल,भदाै ३१ ।
बुटवलको एक होटलबाट रिभल्वर पस्तोलसहित एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-९ ईट्टाभट्टीस्थित होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामी पक्राउ गरेका हुन् ।
वडा प्रहरी कार्यालय रामनगरबाट बुटवल खटिएको प्रहरी टोलीले होटलको दोस्रो तलामा रहेको १०४ नं कोठामा बाग्लुङ दगातुन्डाडा १ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने सलामीलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा बसेको भन्ने गोप्य सुचना प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी टोली खटिन गई चेकजाँच गर्दा उनको साथबाट काठको बिड भएको रिभल्वर पेस्ततोल १ तान, उक्त रिभल्वर पेस्तोलमा लोड भएको गोली थान र अन्य २ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरीएका युवालाई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)