Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १०७० पुग्यो

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १०७० पुग्यो

  • 3.3K
    SHARES

  • नेपालमा कोरोना संक्रमित मृतकको संख्या १०७० पुग्यो

    बुटवल,कार्तिक २१-

     नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।

    हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण भएको छ। 

    यसैगरी शुक्रबार थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमणमुक्तको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology