बुटवल,भदाै २४ ।
नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेश सभा सदस्यमा ब्यवसायी धर्मादेबि न्यौपाने (देवि) प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ ।
काङ्ग्रेसले रुपन्देहीको निर्वाचन क्षेत्र १ (ख) का लागि न्यौपानेलाइ प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको हो ।
भदौ १७ गते बसेको सो पार्टीको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्यक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरेको हो ।
लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल न्यौपाने हाल तिलोत्तमामा ब्यबसाय गर्दै आएकी छ्न। उनी नेपाली काङ्ग्रेसको भातृसस्था तरुणदलको केन्द्रिय पार्सद छ्न् ।
केहि समय पत्रकारीता क्षेत्रको अनुभव संगालेकी न्यौपाने विभिन्न सामाजिक संघ सस्थामा क्रीयाशिल छ्न । हाल उनी इनर्व्हील क्लब अफ मिड्टाउनका उपाध्यक्ष , रेडियो मुक्ति बुटवलको सस्थापक सदस्य लगायत थुप्रै संघसस्थामा आवद्ध छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)