Logo बुधवार, कार्तिक १२ गते २०८३
images

पूर्वजनप्रतिनिधि,उपबिजेता तथा दलहरुका लागि बुटवल उपमहानगरभित्रै सम्पर्क कक्ष स्थापना

पूर्वजनप्रतिनिधि,उपबिजेता तथा दलहरुका लागि बुटवल उपमहानगरभित्रै सम्पर्क कक्ष स्थापना

  • 1.5K
    SHARES

  • पूर्वजनप्रतिनिधि,उपबिजेता तथा दलहरुका लागि बुटवल उपमहानगरभित्रै  सम्पर्क कक्ष स्थापना

    बुटवल,भदाै १८ ।

    बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि र दलहरुका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ ।

    स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सम्पर्क कक्षको उद्घाटन गर्नुभयो ।

    बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।

    उहाँले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको बताउनुभयो ।

    उहाँले सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरु सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपबिजेताहरु र राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology