Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालीगण्डकी करिडोरमा पहिराे खस्दा पाँच जना कामदारको मृत्यु ,दुई घाइते

कालीगण्डकी करिडोरमा पहिराे खस्दा पाँच जना कामदारको मृत्यु ,दुई घाइते

  • 2.2K
    SHARES

  • कालीगण्डकी करिडोरमा पहिराे खस्दा पाँच जना कामदारको मृत्यु ,दुई  घाइते

    बुटवल,कार्तिक २०- 

    कालीगण्डकी करिडोरमा खसेको पहिरामा पुरिएर पाँच जना कामदारको मृत्यु भएको छ । करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार हिजाे साँझ पहिरामा पुरिएका हुन्।

     सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।   मृत्यु हुनेमा सबै  बुलिङटार –४का  २० वर्षीय  गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र  ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ । 

    पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको  प्रहरी टोली  र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।

    पहिराेमा परी दुई जना घाइते भएका छन् ।  २१ वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए ।  उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology