बुटवल,भदौ ८।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो (मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)