Logo बुधवार, कार्तिक १२ गते २०८३
images

प्रेस चौतारीको कल्याणकारी कोषलाई खनालको ५० हजार सहयोग

प्रेस चौतारीको कल्याणकारी कोषलाई खनालको ५० हजार सहयोग

  • 1.5K
    SHARES

  • प्रेस चौतारीको कल्याणकारी कोषलाई खनालको ५० हजार सहयोग

    बुटवल, भदौ ६। 

    प्रेस चौतारी नेपाल रुपन्देहीका सल्लाहकार वसन्तराज खनालले प्रेस चौतारी रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

    उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष स्थापना गरेकोमा खुशी प्रकट गर्दै आइतबार ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
    प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलमार्फत कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरिएको हो ।  उनले पत्रकारहरुको हक हित र पेशागत सुरक्षाका लागि जिम्मेवार भएर लाग्न र रचनात्मक काममा सक्रिय हुन सुझाव दिए । 
    प्रेस चौतारी रुपन्देहीका अध्यक्ष पौडेलले संगठनको कल्याणकारी कोषका लागि सहयोग गरेकोमा खनाललाई धन्यवाद थिए ।

    यसअघि चौतारीको कल्याणकारी कोषका लागि औषधि व्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले ५१ हजार, नेपाल–अमेरिका पत्रकार संघका महासचिव सुरज भण्डारीले ५० हजार, समाजसेवी ऋषि भण्डारीले २५ हजार, प्रेस चौतारीकी केन्द्रीय सदस्य दिपु पोखरेलले २५ हजार रकम प्रदान गरिसकेका छन् ।

    प्रेस चौतारीले पत्रकारहरुलाई पेशागत दौरानमा आइपर्ने समस्यालाई संबोधन गर्न र अप्ठेरोमा परेका पत्रकारहरुको हितमा प्रयोग गर्ने गरी कल्याणकारी कोष स्थापना गरेको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology