Logo बुधवार, कार्तिक १२ गते २०८३
images

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति,भोलि मिति घोषणा हुने सम्भावना

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति,भोलि मिति घोषणा हुने सम्भावना

  • 1.8K
    SHARES

  • मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति,भोलि मिति घोषणा हुने सम्भावना

    बुटवल,साउन १८ ।

    मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले नागरिक अनलाइनलाई बताए । 

    ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ।

    बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए ।

    निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology