Logo बुधवार, कार्तिक १२ गते २०८३
images

बाम एकताका लागि कम्युनिष्टपार्टीहरूसँग वार्ता भैरहेको छ : बामदेव गाैतम

बाम एकताका लागि कम्युनिष्टपार्टीहरूसँग वार्ता भैरहेको छ : बामदेव गाैतम

  • 1.5K
    SHARES

  • बाम एकताका लागि कम्युनिष्टपार्टीहरूसँग वार्ता भैरहेको छ  :  बामदेव गाैतम

    बुटवल,साउन १७ ।

    नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीसँग एकता गर्ने र माओवादीसँग कार्यगत एकता हुनेगरी छलफल गरिरहेको दाबी गर्नुभएको छ ।

     भैरहवामा सञ्चारकर्मी सँग कुरा गर्दै नेता गौतमले  सकेसम्म एमाले बाहेकको पार्टी एकता गर्ने नभए एकीकृत समाजवादी र माओवादीसँग मोर्चा बनाउने पक्षमा रहेको खुलाउनु भयो ।

     मोर्चा नबने एक्लै भए पनि आगामी सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने उहाँको भनाई थियो । कुनै पनि ठाउँमा आफ्नो पार्टीले विजयी हासिल नगरे पनि चुनावमा भाग लिने भन्दै उहाले बाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको बताउनु भयो ।

    नेता गौतमका अनुसार पार्टीले ५ र १० बर्से कार्य योजना बनाएको दाबी गर्नुभयो ।  पार्टीले विकासको कामलाई महत्त्वका साथ अगाडि बढाउने र ५ वर्षमा कृषि र उद्योगलाई आत्मनिर्भर बनाउने गरी पार्टी लाग्ने उहाँको दाबी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology