Logo बिहिवार, आश्विन १ गते २०८३
images

चितवन मेडिकल कलेजमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

  • 2.2K
    SHARES

  • चितवन मेडिकल कलेजमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

    बुटवल,कार्तिक १७ -

     चितवनकाे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका दुई जना पुरुष र पूर्वी नवलपरासी देवचुली नगरपालिकाका एक पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।

    अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

    उनका अनुसार मृत्यु हुनेमा एकजना भरतपुर- ४ निवासी ६३ वर्षीय पुरुष रहेका छन् । उनी कात्तिक १२ गते अस्पतालको कोभिड आईसीयूमा भर्ना भएका थिए भने १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका समेत बिरामी रहेका उनको आइतबार राति ९:१५ मा मृत्यु भएको हो ।

    यस्तै मृत्यु हुने अर्को पुरूष भरतपुर-३ का ५३ वर्षीय पुरूष हुन् । उनमा १३ गते कोरोना पुष्टि भएको थियो । आइतबार मात्रै अस्पताल भर्ना भएका उनी अस्पताल भर्ना भएको आधा घण्टामै राति ९ : ४३ मा मृत्य भएको डा लम्सालले बताए ।

    यसैगरी, मृत्यु हुनेमा अर्का पुरूष नवलपुर देवचुली-११ का ८० वर्षीय पुरुष रहेका छन् । आइतबार अस्पताल भर्ना भएका उनमा १४ गते कोरोना देखिएको थियो । उनको आइतबार राति ११ : २६ बजे मृत्यु भएको डा.लम्सालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology