बुटवल,कार्तिक १७-
सोमबार थप २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा संक्रमण भएको हो।
योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३७ हजार ९ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट सोमबार २४ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)