Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल १७ का ५२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु

बुटवल १७ का ५२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु

  • 2.5K
    SHARES

  • बुटवल १७ का ५२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु

    बुटवल,कार्तिक १६ -

    रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१७ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

    कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।

    जिल्लाका ७८ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । कूल ६ हजार १ सय ८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६ सय १६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् ।

    प्रदेशमा कोरोना संक्रमितको औसत मृत्यु दर ०।९३ प्रतिशत रहेकामा रुपन्देहीमा भने १.२८ प्रतिशत छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology