Logo बुधवार, कार्तिक १२ गते २०८३
images

मुलुकको आर्थिक परिसूचक चिन्ताजनक : डा. बेदुराम भुसाल

मुलुकको आर्थिक परिसूचक चिन्ताजनक : डा. बेदुराम भुसाल

  • 2.5K
    SHARES

  • मुलुकको आर्थिक परिसूचक चिन्ताजनक : डा. बेदुराम भुसाल

    काठमाडौं,असार ३० ।

    सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव एवम् राष्ट्रियसभाका सांसद डा. बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

    बिहीबार राष्ट्रिसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचकप्रति चिन्ता व्यक्त गर्नुभयो ।

    बुधबार महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखिएको महासचिव भुसालको निष्कर्ष छ ।

    उहाँले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्ति जनाउनुभयो । महासचिव भुसालले किसानले अझै मल पाउन नसकेको, मूल्यवृद्धि आकाशिँदा पनि सरकारले त्यसको आवश्यक व्यवस्था गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

    महासचिव भुसालले सरकारी सञ्चार माध्यमहरुले समेत राष्ट्रियसभाको समाचारलाई महत्व नदिएको गुनासो गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology