बुटवल,कार्तिक १४ -
रुपन्देहीको सैनामैनाका युवतीहरुले सबैप्रकारका हिंसाको बिरूद्धमा आज दोश्रो चरणको मौन प्रदर्शन गर्दैछन् ।
‘अत्ति भयो, अझै कति सहने, स्टप रेप, तिमी कपडाको कुरा गर्छौ, आफ्नो सोचलाई कहिले फेर्छौ ’ व्यक्तिलाई के दोष दिन्छौँ, यहाँ असली बलात्कारी त कानुन हो ’ सहमती बिनाको यौन सम्पर्क स्वीकार छैन ’ लेखेका प्ले कार्डहरु बोकेर प्रदर्शन हुनेछ ।
उनीहरुले कालो पोशाक लगाएर बलात्कार,यौन हिंसा तथा चेलीहरुको जीवन सुरक्षित बनाउन दबाब दिने उद्धेश्यले कार्यक्रम गर्दैछन् ।
बलात्कार र बलात्कारी सोच विरुद्ध आवाज उठाउन र सुन्दर समाजको निर्माणमा सहकार्यका लागि अभियान चलाइएको नेतृत्व गरिरहेकी प्रियंका भण्डारीले नागरिक अनलाइनलाइ बताइन् ।
सरकारले बलात्कारीलाइ कडा कानुन बनाएर सजाय दिनुपर्ने उनले बताइन् ।सैनामैनाको मुर्गिया चोकमा चारबजे कार्यक्रम गर्ने तय भएको उनले बताइन् ।
सो कार्यक्रममा सहभागिताका लागि पनि अनुरोध गरिएको छ । उनीहरूले यसअघि कार्तिक १ पनि मौन प्रदर्शन गरेका थिए ।

याे पनि पढाैँ :-
रुपन्देहीका युवतीहरु कालाे पाेशाकसहित सडकमा उत्रिए,भन्छन्-‘यहाँ असली बलात्कारी त कानुन हो !’
बुटवल-भैरहवा सडकमा कालाे पाेशाक लगाएर बलात्कार विरुद्ध उत्रिए किशाेरी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)