बुटवल,असार १६ ।
लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थ ( स्थानीय रक्सी ) को बजारीकरण गर्ने भएको छ कोदो, मौवा, अनदी, कुरीलोबाट पेय पदार्थ उत्पादन र बजारीकरण गर्ने भएको हो ।
प्रदेश सरकारको पर्यटन,ग्रामणि तथा शहरी विकास मन्त्रालयले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको लागि अध्ययन समेत गरेको छ । मन्त्रालयले बिज्ञहरुसँग छलफल गरेर तयारी सुुरु गरेर साउनदेखि काम थालनी गर्ने तयारी गरेको छ ।
भदौ महिनादेखि प्रदेशका ४ स्थानबाट समुदाय स्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बताउनु भयो ।
मगर ,थारु , गुरुङ्ग, कुमाल समुदायले कोदो, मौवा ,अनदीको चामल, कुरीलो , मकै , शालको मुनाबाट उत्पादन गर्ने पेय पदार्थलाई बजारिकरण गर्ने पर्यटन, ग्रामणि तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । यसबाट १ देखि ५ लाख जनाले प्रदेशमा रोजगारी सृजना हुने उँहाले बताउनु भयो ।
प्रदेश सरकारले दाङ, रोल्पा , पाल्पा , रुकुमबाट पेय पदार्थको उत्पादन र बजारीकरण सुरु गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्ष लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको र माग अनुसार बजेटको ब्यवस्थापन गरिने पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)