Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

  • 4.3K
    SHARES

  • तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    बुटवल,असार ९ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममा सार्वजनिक गरे। 

    नीति तथा कार्यक्रममा  सामुदायिक विद्यालयमा “छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क गरिनुका साथै  विषादीमुक्त खानपान,तिलोत्तमाको पहिचानलाइ पनि अघि सारिएकाे छ ।

    ज्येष्ठ नागरिकको सहज र सम्मानपुर्वक जीवनयापनका लागि हरेक वार्डमा तिलोत्तमा चौपारी निर्माण गरिने उल्लेख छ ।

    एक विद्यालय एक पुस्तकालय तथा इ लाइब्रेरी स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसग सहकार्य गरिने र  तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएकामा आगामी ५ वर्षमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गरी संघ र प्रदेशसँग समन्वयात्मक पहल गरिने उल्लेख छ ।

    प्रत्येक सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरू मार्फत् घरपरिवारमा जनचेतना जगाई सफासुग्घर रहन कार्यक्रमलाई अझ प्रभावकारी बनाइने नीतिमा छ । हरेक महिनाको १ र १५ गतेका दिन सञ्चालन हुदै आएको नगर सरसफाइ अभियानलाई अझै उत्साहका साथ निरन्तरता दिइने जनाइएको छ । 

    सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको लागि यातायातको बढ्दो मागलाई ध्यानमा राखी प्राथमिकताको आधारमा विद्यालयहरुको साझेदारीमा आगामी आर्थिक वर्षमा कम्तिमा ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने उल्लेख छ ।  

    परदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदान :

    यस्तै परदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदान साथ बैदेशिक रोजगारबाट फर्केका तथा वेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गर्नका लागि सामूहिक तथा व्यवसायिक योजनाहरुलाई प्रोत्साहन गरिने जनाइएको छ । त्यस्तैगरि नगर स्तरीय युवा परिषद् गठन गरी युवा स्वरोजगार कोष सञ्चालनमा ल्याइने नीति लिइएको छ ।

    प्रत्येक वार्डमा एकएक वटा खेल मैदान र नगरमा रंगशालाको निर्माण गरिने र प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक विद्यालय एक विशिष्ट खेल कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गरिने जनाइएको छ । गँहुको विउमा अनुदानमा कार्यक्रमलाई निरन्तरता दिइने र खेलाडीहरुको जीवनस्तरको विकास गरिने उल्लेख छ । त्यस्तै नगरमा युवा सूचना केन्द्रको स्थापना गर्ने नीति छ ।

    यस्तै नीति तथा कार्यक्रममा आर्थिकरुपमा विपन्‍न नगरबासीको स्वास्थ्य उपचारका लागि नगर प्रमुख नागरिक सहायता कोष स्थापना, स्वस्थ नगरबासी, स्वस्थ नगर नाराका साथ गुणस्तरीय स्वास्थ्यमा सबै नागरिकको समतामुलक पहुँच सुनिश्चित गरिने उल्लेख छ।

    यस्तै प्रत्येक वडामा दक्ष नर्ससहित प्रसुति सेवा उपलब्ध गराउने, वडा नं ६ को गोरकट्टा र वडा १७ वीपीग्रामको १५ शय्याको अस्पताल निर्माण सम्पन्‍न गरी सञ्चालन गर्ने नीति अगाडि सारेको छ।

    तिलोत्तमा नगरस्तरीय ल्याब सेन्टर स्थापना, नगर प्रमुखसँग ज्येष्ठ नागरिक स्वस्थ्य जाँच निरन्तरता, नगरस्तरीय ब्लड बैंक स्थापनालाई निरन्तरता दिएको छ।

    शंकरनगर वनवाटिका तथा यहा निर्माण भएको तिलोत्तमा बहुउद्देश्यीय टावरलाई पर्यटन प्रवद्र्धनमा अधिकतम उपयोग गरी रोजगार तथा आय आर्जनमा टेवा पुर्याइने जनाइएको छ ।

    छ । शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिक स्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसग साझेदारी गरिने उल्लेख छ ।

    tinapaa.jpg

    नीति तथा कार्यक्रम तिलाेत्तमा नगरपालिका

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology