काठमाडौं,असार ७ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौं–४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। ०७४ को निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
कपनको साततलेमा आयोजित एक कार्यक्रममार्फत उनले उम्मेदवारी घोषणा गरेका छन्। ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन’ भन्ने नारासहित उनी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।
स्वतन्त्र भनेर आफू एक्लो नभएको उम्मेदवारी घोषणाका क्रममा पोखरेलले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)