Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७, देशभर ३९६४३ सक्रिय संक्रमित

देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७, देशभर ३९६४३ सक्रिय संक्रमित

  • 2.9K
    SHARES

  • देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७, देशभर ३९६४३ सक्रिय संक्रमित

    बुटवल,कार्तिक १२ -

    पछिल्लो २४ घण्टामा देशभर  ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। 

    संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्।

    योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। सबै भन्दा बढी  कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्।

    बाग्मती प्रदेशमा १०६३ थपिएको मन्त्रालयको तथ्यांक  छ। त्यस्तै प्रदेश १ मा ५७२, लुम्बिनी प्रदेशमा २२, गण्डकी प्रदेशमा १९१, प्रदेश २ मा ८७, सुदुरपश्चिम प्रदेशमा १३ र सबै भन्दा थारै कर्णली प्रदेशमा ६ जना नयाँ संक्रमित थपिएका छन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology