Logo बुधवार, कार्तिक १२ गते २०८३
images

परिणाम दिनेगरी काम गर्न भूमिआयोगलाई गृहमन्त्री खाँणको निर्देशन

परिणाम दिनेगरी काम गर्न भूमिआयोगलाई गृहमन्त्री खाँणको निर्देशन

  • 2.0K
    SHARES

  • परिणाम दिनेगरी काम गर्न  भूमिआयोगलाई गृहमन्त्री खाँणको निर्देशन

    बुटवल,असार ४ ।

    गृहमन्त्री वालकृष्ण खाँणले भूमिआयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिएका छन् । उनले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका हुन् ।

    राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरूका लागि शनिबार बुटवलमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीलाई निर्देशन दिए । पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन पनि उनको आग्रह छ।  

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले स्थानीय तहका जनप्रतिनिधिलाई पनि आयोगका कामकारवाहीमा सहयोग गर्न आग्रह गरे ।

    गृहमन्त्री खाँणले भने, ‘भूमिहिनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ज्यादै ठूलो सहयोग चाहिन्छ, स्थानीय जनप्रतिनिधिलाई म आग्रह गर्न चाहन्छु पूर्णरुपमा सहयोग गर्नुहोला ।’ उनले भूमिहीनसम्बन्धी सबै समस्या समाधान गरेर यो समस्या सदाका लागि अन्त्य हुने पनि विश्वास व्यक्त गरे। उनले भने, ‘सरकारले के गर्नु पर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनु पर्ने हो की, सबै काम गर्न सरकार तयार छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology