बुटवल,असार ४ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक बर्षको बजेटले समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउने संकल्प पूरा गर्ने दावी गरेका छन ।
आर्थिक बर्ष ०७९-८० को बजेटलाई जनतासँग जोडेर आर्थिक बृद्धिदर बढाउने, रोजगारी बृद्धि गर्दै नमूना विकास मोडेल बनाउने उनले बताए । बजेटबारे शुक्रबार बुटवलमा पत्रकारहरुसँग छलफल गर्दै अर्थमन्त्री खड्काले प्रदेशको आन्तरीक आम्दानी बढाउनेतर्फ पनि सरकारले ध्यान दिने बताए । उनले विकासको मोडेललाई नयाँ ढंगले अगाडी बढाउन जनतालाई जोडेर बजेट कार्यान्वयन गरिने बताए ।
लुम्बिनी प्रदेश सरकारले केहि नयाँ कार्यक्रम सहित ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको छ । पत्रकाहरुसँग गरिएको अन्तरक्रियामा मन्त्री खड्काले सरकारले आन्तरीक आम्दानी बृद्धिका लागि सवारी लाइसेन्स नविकरणमा एक वर्षको छुट, ढुंगा गिट्टी वालुवाको आम्दानी वापतको रकम स्थानीय तहले जम्मा नगरे समानीकरण अनुदान रोक्नेसम्म योजना अघि सारेर आन्तरीक आम्दानी बढाउने योजना रहेको बताए ।
पत्रकार सम्मेलनमा आन्तरीक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा सहित बरिष्ठ पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको सञ्चालनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)