Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फोहोर व्यवस्थापनबारे सहरी विकासमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छः गगन थापा 

फोहोर व्यवस्थापनबारे सहरी विकासमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छः गगन थापा 

  • 1.7K
    SHARES

  • फोहोर व्यवस्थापनबारे सहरी विकासमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छः गगन थापा 

    बुटवल,जेठ २४। 

    नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकामा देखिएको फोहोरको व्यवस्थापनबारे सदनमा आएर जवाफ दिन सहरी विकासमन्त्रीलाई अनुरोध गरेका छन्। 

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘काठमाडौंमा फोहोर थुप्रिएको छ। त्यो उठेको छैन। सहरी विकास मन्त्रीले संसद्‌मा आएर जवाफ दिनुपर्छ,’ उनले भने, ‘हाम्रो तर्फबाट के गर्न सकिन्छ। समस्या कहाँ छ ? उहाँले प्रष्ट पार्नुपर्छ।’

    उनले सिसडोल र बन्चरेडाँडामा गरेको प्रतिबद्धता पूरा गर्न अर्बौं बजेट चाहिने भन्दै यसमा सरकारले पनि ध्यान दिनुपर्ने बताए।

    ‘सहरी विकास मन्त्रालय र काठमाडौं महानगरको दायित्व हो। नयाँ नेतृत्व आएको छ। उहाँहरूको कारणले अहिले यस्तो भएको होइन,’उनले भने, ‘विगतको नेतृत्वको कमजोरीले भएको हो। अहिले नयाँ नेतृत्वले सकारात्मक पहलकदमी गरिरहेको छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology