Logo बुधवार, श्रावण १३ गते २०८३
images

बाँकेको बलात्कार घटनामा संलग्नमाथि कडा कारबाही गर्न निर्देशन दिएको छु : गृहमन्त्री खाँण 

बाँकेको बलात्कार घटनामा संलग्नमाथि कडा कारबाही गर्न निर्देशन दिएको छु : गृहमन्त्री खाँण 

  • 1.7K
    SHARES

  • बाँकेको बलात्कार घटनामा संलग्नमाथि कडा कारबाही गर्न निर्देशन दिएको छु : गृहमन्त्री खाँण 

    बुटवल,जेठ २४ । 

    गृहमन्त्री बालकृष्ण खाणले बाँकेको खजुरामा भएको सामूहिक बलात्कारको घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन भएको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाणले उक्त घटनाबारे जानकारी दिँदै कारबाहीका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन्। सांसद पूर्णाकुमारी सुवेदीले शून्य समयमा बोल्ने क्रममा उक्त सामूहिक बलात्कार घटनामा संलग्न आरोपीमाथि कडा कारबाहीको माग गरेकी थिइन्। 

    त्यसको जवाफ दिने क्रममा गृहमन्त्री खाणले उक्त घटनाका आरोपीलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिए। गृहमन्त्री खाणले बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीमागि भएको सामूहिक बलात्कार घटनाका पीडकहरू सबै पक्राउ गरेको र उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए। 

    उक्त घटनामा मुख्य अभियुक्त हेमराज थारुले आफ्नो जन्मदिनको निमन्त्रणा दिएर निर्जन स्थानमा लगी सामूहिक बलात्कार गरेको पाइएको मन्त्री खाणले बताए।  घटनामा संलग्न सात जना युवाले मदिरा सेवन गराएर बलात्कार गरेकाले सबैलाई पक्राउ गरेर अनुन्धान भइरहेको मन्त्री खाणले जानकारी दिए। 

    खजुराको धनौजी प्रहरी चौकीले उनीहरूलाई पक्राउ गरेको र पीडितको उपचार भइरहेको उनले बताए। पीडित किशारीलाई साथी संस्थाको रेखदेखमा राखिएको छ। यौनहिंसाले समाजमा विकृति देखिएको उनको भनाइ छ। यस घटनामा संलग्न अधिकांश युवाहरू रहेको भन्दै पाठ्यपुस्तकमा पनि सचेतना  विषय समावेश गर्नुपर्ने आवश्यकता देखिएको गृहमन्त्री खाणले औंल्याए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology