Logo बुधवार, कार्तिक १२ गते २०८३
images

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

  • 1.9K
    SHARES

  • वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

    काठमाडौँ,जेठ २४ ।

    सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई  बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

    निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुभएको थियो ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

    रासस 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology