Logo बुधवार, कार्तिक १२ गते २०८३
images

सैनामैना नगरकार्यपालिका सदस्यमा एमाले बिजयी

सैनामैना नगरकार्यपालिका सदस्यमा एमाले बिजयी

  • 1.6K
    SHARES

  • सैनामैना नगरकार्यपालिका सदस्यमा एमाले बिजयी

    बुटवल,जेठ २०।

    रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमाले विजयी भएको छ  ।  ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए ।

    निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मिरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

    सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा एमालेका १२ जना, नेपाली कांग्रेसका ४ जना र नेकपा माओवादी केन्द्रका एक जना रहेका छन् । नेपाली कांग्रेसबाट नगर प्रमुख र ३ जना वडा अध्यक्ष तथा माओवादी केन्द्रका एक वडाध्यक्ष रहेका छन् ।

    ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology