Logo बुधवार, कार्तिक १२ गते २०८३
images

बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्री देउवाको आग्रह

बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्री देउवाको आग्रह

  • 1.7K
    SHARES

  • बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्री देउवाको आग्रह

    काठमाडौं,जेठ २०।

    प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् । 

    काठमाडौं विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविष्य सुनिश्चित गर्न नसकिने बताए ।

    प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । यसका लागि विश्वविद्यालयलाई आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि उनले बताए ।

    प्रधानमन्त्री देउवाले काठमाडौं विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पु¥याउन सहयोग पुगेको बताएका छन् । उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डरअनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताए ।

    प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतिय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पु¥याउन पनि विश्वविद्यालयलाई आग्रह गरे । 

    साथै उनले अन्तर्राष्ट्रियस्तरमा पहुँच पु¥याउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गरे । सो समारोहमा यहाँबाट यस अवधिमा विभिन्न कार्यक्रमबाट दीक्षित भएका एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् । सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology