Logo बुधवार, कार्तिक १२ गते २०८३
images

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

  • 1.5K
    SHARES

  • नेकपा माओवादी केन्द्रको  केन्द्रीय समिति बैठक स्थगित

    बुटवल,जेठ २० ।

    नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।

    ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने,‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’

    आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ ।

    आज बस्ने भनिएको बैठकमा स्थानीय तहको समीक्षा, एमसीसी र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल हुने भनिएको थियो । स्थानीय चुनावपछिको पहिलो बैठक बोलाए पनि अन्तिममा स्थगित भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology