Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुईदिनदेखि बेपत्ता बुटवलका निश्चलको शव भनभने खोलामा भेटियाे

दुईदिनदेखि बेपत्ता बुटवलका निश्चलको शव भनभने खोलामा भेटियाे

  • 21.2K
    SHARES

  • दुईदिनदेखि बेपत्ता बुटवलका निश्चलको शव भनभने खोलामा भेटियाे

    बुटवल,कार्तिक ८-

    दुईदिनदेखि बेपत्ता भएका बुटवलका एक बालकको शव फेला परेकाे छ । 

    बुटवल ८ दिपनगर चमचमचोकमा परिवारसंग बस्दै आएका १० बर्षिय निश्चल तिवारी साथीहरुसंग खेल्न भनेर सिद्धेश्वर मावितिर गएपछि घर फर्केका थिएनन् ।

    शनिबार दिउँसो बुटवल–७ वन स्थित भित्र रहेको भनभने खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले नागरिक अनलाइनलाई जानकारी दिए ।

    बुटवल –८ दिपनगर बस्ने कृष्ण तिवारी र राधा तिवारीका उनी एकमात्र छोरा थिए । 

    साथीहरुसँग पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा उनी डुबेपछि अरूसाथीहरु डरले घर फर्केपनि कसैलाई केहि भनेका थिएनन् तर प्रहरीकाे सोधपुछपछि उनी डुबेकाे स्थान पत्ता लागेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले बताए । 

    बेपत्ता भएपछि परिवारजनमा दशैँकाे मुखमा चिन्ता थपिएकाे छ । उनी बुटवलको कालिका मानवज्ञान माबि कक्षा ४ का बिद्यार्थी हुन्। खाेजी गरिदिन परिवारजनले अपील गरेका थिए ।

    घटनाबारे थप अनुसन्धान भैरहेकाे बुटवल प्रहरीले जनाएकाे छ ।

    याे पनि पढ्नुस् :

    बुटवलका १० बर्षिय निश्चल दुईदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारजनकाे अपील

     

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology