Logo बुधवार, कार्तिक १२ गते २०८३
images

सन्धिखर्क कार्यपालिकाको निर्वाचनमा गठबन्धन बिजयी

सन्धिखर्क कार्यपालिकाको निर्वाचनमा गठबन्धन बिजयी

  • 1.9K
    SHARES

  • सन्धिखर्क कार्यपालिकाको निर्वाचनमा गठबन्धन बिजयी

    सन्धिखर्क,जेठ १८  ।

    सन्धिखर्क नगरपालिकाको कार्यपालिकामा गठबन्धनको तर्फबाट सम्पुर्ण प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसका ४ जना, नेकपा माओवादी केन्द्रका २ जना , एकिकृत समाजवादीका १ जना र राष्ट्रिय जनमोर्चा बाट १ जना गरि ८ जना उम्मेदवार कार्यपालीका सदस्यमा विजयी भएका हुन् ।

    कार्यपालिकाको निर्वाचनमा गठबन्धनको तर्फबाट ३४ सदस्य र एमालेको तर्फबाट २८ गरि ६२ जना सदस्य सहभागी थिए । १२ वटा वडा रहेको नगरपालिकामा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख सहित ४ वटा वडा जितेको थियो ।

    यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले १ वडा गरि ८ वटा वडा जितेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology