Logo बिहिवार, आश्विन १ गते २०८३
images

आधुनिक कृषि उपज थोक बजार बनाउन जग्गाको टुंगो लगाउंदै बुटवल उपमहानगर (भिडिओ)

आधुनिक कृषि उपज थोक बजार बनाउन जग्गाको टुंगो लगाउंदै बुटवल उपमहानगर (भिडिओ)

  • 3.7K
    SHARES

  • आधुनिक कृषि उपज थोक बजार बनाउन जग्गाको टुंगो लगाउंदै बुटवल उपमहानगर (भिडिओ)

    बुटवल,जेठ १४  ।

    बुटवलको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने भएको छ ।

    सरकारले आर्थिक वर्ष २०७८–७९ मा कर्साघाटमा कृषि उपज थोक बजार निर्माणको लागि बजेट छुट्टाए पनि जग्गा प्राप्ती हुन नसक्दा निर्माण कार्य सुरु भएन । कृषि उपज संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी स्वेदेशी तथा विदेशी बजारमा विक्री वितरण गर्ने उदेश्य सहित नेदल्याण्ड सरकारको अनुदानमा निर्माण हुने बजार निर्माणको लागि बुटवलको वडा नं. १५ र १६ को कर्साघाटमा जग्गाको ब्यवस्थापन गरिने भएको हो । 

    यसको लागि उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले स्थानीयहरुको समन्वयनमा जग्गा ब्यवस्थापन गर्नको लागि वडा अध्यक्षहरुलाई निर्देशन दिनुभयो । शनिबार उपमहानगरपालिकाको कार्यालयमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीककरण प्रर्वद्धन केन्द्रले आयोजना गरेको परियोजनाको वर्तमान अवस्था र भावी कार्यक्रम सम्बन्धी बैठकमा बोल्दै पाण्डेयले यो परियोजना सफल पार्नको लागि सबै राजनीतिक दल, जनप्रतिनिधिहरुको साथमा अघि बढ्ने बताउनुभयो । 

    ‘परियोजना सफल बनाउनेको लागि म आफै फोकल पर्सन बस्छु, परियोजना सफल बनाएर छाड्नुपर्छ,यसअघि बुटवलमा आएका एडिबिका परियोजना फिर्ता हुदा हामी लज्जीत बन्नुपर्यो,अब हामीले काम गर्छौैं ।’उहाले भन्नुभयो ।
    पाण्डेयले परियोजना सफल बने लुम्बिनी प्रदेश कै कृषक र उपभोक्ताले लाभ लिन सक्ने बताउनुभयो । यस्तै उपमेयर सावित्रादेवि अर्यालले परियोजना सफल बनाउनको लागि राजनीतिक दल र स्थानीयहरुसँग समन्वय गरेर जग्गा प्राप्ती गर्नुपर्ने बताउनुभयो  ।
    नेपाल सरकारले नेदरल्याण्ड सरकारलाई आधुनिक प्रविधियुक्त कृषि उपच थोक बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोश्रो चरणको सम्भाब्यता अध्ययनको लागि अनुदान सम्झौंता भएको थियो । अहिले सम्भावना अध्ययन कार्य सकिएर गुरु योजना समेत तयार भएको छ ।

    सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट मार्फत बजार निर्माण कार्य सुरु गर्ने भने पनि जग्गा प्राप्ती नहुँदा निर्माण कार्य रोकिएको छ । पुस महिनासम्म जग्गा प्राप्ती नभए नेदरल्याण्ड सरकारले दिने अनुदान रोकिने छ । कृषि उपज बजार निर्माणको लागि २ अर्ब २ करोड ४४ लाख बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ । 

    सरोकारवालाबिचको छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोबिन्द शर्मा आचार्य,वडा न १२ का वडाध्यक्ष डिल्ली शर्मा आचार्य,१३ का अध्यक्ष नारायण पुन,१५ का अध्यक्ष शिव राना लगायतले बोल्दै परियोजना संचालनका लागि कृषी केन्द्र वरिपरिका स्थानीय नागरिकसंग समझदारी गर्ने बताउनुभएको थियो ।

    परियोजना निर्माणको लागि प्रस्ताव गरिएको कर्साघाट ठुलो क्षेत्र, बाढीको प्रकोप कम ,सडक पहुँच र जमिनको सतह र आकार मिलेकाले उपयुक्त हुने अपेक्षा गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology