बुटवल,जेठ १४ ।
उदयपुर त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता कायम राखेका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २ हजारको मतान्तर छ ।
बस्नेत ८२०० मतका साथ अग्रस्थानमा छन् भने एमालेका भागवत राउतले ६३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
माओवादीकी गीता खड्का कार्कीको ४८२५ मत छ । अझैं १६ हजार २०४ मत गणना हुँन बाँकी रहेको छ
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)