Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशभर काेराेना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना ,मृत्यु हुनेको संख्या ८२९ पुग्याे

देशभर काेराेना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना ,मृत्यु हुनेको संख्या ८२९ पुग्याे

  • 2.2K
    SHARES

  • देशभर काेराेना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना ,मृत्यु हुनेको संख्या ८२९ पुग्याे

    बुटवल,कार्तिक ७ - 

    पछिल्लो २४ घण्टामा देशभर  १७  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ।स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा  ४ हजार ४९९ संक्रमित थपिएका हुन्। यो संगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८  पुगेको छ।

    आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।आज देशभर २ हजार ६६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।  काठमाडौं उपत्यकामा मात्र २ हजार ७२० संक्रमित थपिएका छन्,जसमध्ये काठमाडौंका २ हजार ३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् ।

    यस्तै मोरङका २२३ जना, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८-२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६—१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४ —१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १० —१० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७—७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६—६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५-५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४—४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३—३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २—२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १ —१ जनामा संक्रमण देखिएको छ ।हालसम्म १ लाख ५ हजार ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology