Logo बुधवार, कार्तिक १२ गते २०८३
images

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी

  • 2.6K
    SHARES

  • धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी

    धरान, जेठ ८ ।

    धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गर्नुभएको हो। 

    कांग्रेसका राईले १६ हजार ५९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहनुभएका नेकपा ९एमाले०का मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत ल्याउनुभएको छ। 

    धरानमा २०४६ सालको जनआन्दोलनपछि कम्युनिष्ट पार्टी विजयी हुँदै आएका थिए। २०४८, २०५४ र २०७४ को निर्वाचनमा कम्युनिस्ट पार्टीले नेतृत्व पाएको सहरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार विजयी  भएका हुन्। 

    २०७४ सालको स्थानीय निर्वाचनमा धरान नगरको प्रमुख तारा सुब्बाको निधन भएपछि २०७६ सालको उपनिर्वाचनमा कांग्रेसले विजयी भएको थियो। 

    २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार साम्पाङ्गले एमालेको लालकिल्ला र  गठबन्धनलाई पछि पार्दै  धरानमा नयाँ इतिहास रच्नुभएको हो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology