Logo बुधवार, कार्तिक १२ गते २०८३
images

सम्मरीमाई गाउँपालिका कांग्रेसका श्रीवास्तव र सिंह विजयी

सम्मरीमाई गाउँपालिका कांग्रेसका श्रीवास्तव र सिंह विजयी

  • 2.0K
    SHARES

  • सम्मरीमाई गाउँपालिका कांग्रेसका श्रीवास्तव र  सिंह विजयी

    बुटवल,जेठ ७  ।

    रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विनोद श्रीवास्तव र उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह विजयी भएका छन् ।

    श्रीवास्तवले ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्र का जितेन्द्रनाथ शुक्ल बब्लु ले ३ हजार ५ सय २ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपाध्यक्षमा निर्वाचित सिंहले ४ हजार ४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाकी बिन्द्रावती गुप्ताले ३ हजार ३ सय ४ मत प्राप्त गरिन् ।  

    त्यस्तै सम्मरीमाई वडा नम्बर १ मा कांग्रेसका शिव कुमार यादव, २ मा लोसपाका अजय कुमार गुप्त बनिया, ३ मा कांग्रेसका अदहम अली देवान, ४ मा कांग्रेसका दिवाकर प्रसाद दुवे, ५ मा माओवादी केन्द्रका श्रवण कुमार यादव, ६ मा माओवादीकै तौलन केवट र वडा नम्बर ७ मा लोसपाका राधेश्याम कुर्मी विजयी भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology