Logo बुधवार, कार्तिक १२ गते २०८३
images

बागलुङ जैमिनी प्रमुखमा जनमोर्चाका उम्मेदवार नरबहादुर विजयी

बागलुङ जैमिनी प्रमुखमा जनमोर्चाका उम्मेदवार नरबहादुर विजयी

  • 1.7K
    SHARES

  • बागलुङ जैमिनी प्रमुखमा जनमोर्चाका उम्मेदवार नरबहादुर विजयी

    बागलुङ, जेठ ४ ।

    बागलुङको जैमिनी नगरपालिकामा पाँच दलित गठबन्धनका  प्रमुखमा साझा उम्मेदवार जनमोर्चाका उम्मेदवार नरबहादुर थापा विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्मा विजयी हुनुभएको छ । 

    नगर प्रमुखमा थापाले आठ हजार ७५५ मत ल्याउँदा रानाले दुई हजार ८७३ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा काँग्रेसका हरिहर शर्माले  नौ हजार १७३ मत प्राप्त गर्दा एमालेकी उषा पौडेलले दुई हजार ६३६ मत ल्याउनुभयो । 

    थापा पहिलो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारसँग पराजित हुनुभएको थियो । पहिलो स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाले नेकपा  एमालेसँग चुनावी एकता गरेको  थियो । जैमिनी नगरपालिकामा पटक प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेससँग चुनावी तालमेल भए पछि जनमोर्चाले सहज जित निकालेको हो । 

    जैमिनी नगरपालिकाको १० वटा वडामध्ये वडा १, २, ५, ७ र ८ गरी पाँच वटा वडामा काँग्रेस, वडा ४ मा नेकपा एस, वडा– ६ मा माओवादी केन्द्र, वडा ९ मा नेकपा एमाले र वडा ३ र १० गरी दुई वटा वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology