Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा हालसम्मकै बढी ५७४३ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२

२४ घण्टामा हालसम्मकै बढी ५७४३ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२

  • 2.1K
    SHARES

  • २४ घण्टामा हालसम्मकै बढी ५७४३ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२

    बुटवल,कार्तिक ५-  

    २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। 

    हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

    काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    आज २० हजार ११८ जनाको स्वाब परीक्षण भएको छ। 

    नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुग्याे,२४ घण्टामा थप २६ जनाको मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology