Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी प्रशासनले भन्याे-‘शक्तिपीठहरुमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न नदिनू’

गुल्मी प्रशासनले भन्याे-‘शक्तिपीठहरुमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न नदिनू’

  • 2.9K
    SHARES

  • गुल्मी प्रशासनले भन्याे-‘शक्तिपीठहरुमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न नदिनू’

    बुटवल,कार्तिक ५- 

    बडा दशैंको बेला गुल्मीका शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न जान बन्देज गरेको हो ।

    बडा दशैंको बेला मन्दिरमा हुने भीडभाडले कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

    अति आवश्यक काम नपरि घरबाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला हुन तथा भोजभतेर नगर्न, घरमै बसेर दशैं मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

    यदि कसैले सूचनाको अबज्ञा वा उल्लंघन गर्ने उपर संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानूनी कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology