Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवल उपमहानगरबिरूद्ध परेका १५ वटा उजुरीमाथि अख्तियारले छानबिन गर्दै

बुटवल उपमहानगरबिरूद्ध परेका १५ वटा उजुरीमाथि अख्तियारले छानबिन गर्दै

  • 3.0K
    SHARES

  • बुटवल उपमहानगरबिरूद्ध परेका १५ वटा उजुरीमाथि अख्तियारले छानबिन गर्दै

    बुटवल,वैशाख २६ । 

    रुपन्देहीको बुटवल उपमहानगरपालिका भित्र बेथितीहरुका चाङ फेला परेका छन् । पटक-पटक उत्कृष्ट नगरपालिका घोषणा भएको बुटवलमा पछिल्लो समय बेथितीहरु एक पछि अर्को गर्दै वृद्धि भएको तथ्यले बताउँछ ।नगरपालिकाको अधिकार भित्र रहेका विभिन्न काममा बेथितीहरु बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

    अख्तियार दूरुपयोग अनुसन्धान आयोग बुटवलका अनुसार साउनदेखि अहिलेसम्म बुटवल उपमहानगरपालिका भित्र १५ वटा उजुरी परेका छन् ।

    जसमा ९ वटा उजुरीमा प्रारम्भिक अनुसन्धानको काम भएको छ । बाँकी ६ रहेका ६ वटा उजुरीमा अनुसन्धान सुरु भएको जनाएको छ । बुटवल उपमहानगरपालिले निमार्ण गरेको सडकको गुणस्तर, भवन निमार्ण, शिक्षामा धेरै उजुरी परेका छन् । ती उजुरी माथि छानविन प्रकृया आगडि बढेको अख्तियार बुटवलले जनाएको छ ।

    बुटवल उपमहानगरपालिकाले निमार्ण गरेका ठुला परियोजनाहरुमा  आर्थिक अनियमिता भएको आंशका गरिएको छ । पछिल्लो समय नगरपालिको प्रशासनिक भवन, बसपार्कमा कम्पलेक्स भनव निमार्ण गरेको थियो । यी बाहेक अन्य  परियोजनाहरुमा पनि सुशासन नभएको  गुनासो बढेको छ ।

    पारदर्शी सरोकार समुह बुटवलका अध्यक्ष एव अधिवक्ता महेन्द्र पाण्डेयले बुटवल उपमहानगरपालिकामा स्थानीय तहबाट निमार्ण भएका कामहरुमा गुणस्तर पारदर्शिता नहुदाँ नगरिकमा आशांका उत्पन्न भएको बताउनु भयो । उहाँले नगरपालिकाले दिने सेवा सम्वन्धी कामहरुमा ध्यान नदिएर सुशासन स्थापना गर्नमा चुकेको बताउनु भयो । 
    यता बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले धेरै कामहरु स्थानीय उपभोत्ता समिति मार्फत गर्दा आन्तरिक रुपमा बस्न नपाएका व्यक्तिहरुले अख्तियार तिर उजुरी दिएको हुन सक्ने बताउनु भयो । उहाँले नगरपालिकामा भएका काम राम्रो भएको दावी गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology