Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमेरिकाबाट कांग्रेस नेता भण्डारीले गरे काठमाण्डौंका काेराेना प्रभावितलाई करिब १० लाख सहयोग 

अमेरिकाबाट कांग्रेस नेता भण्डारीले गरे काठमाण्डौंका काेराेना प्रभावितलाई करिब १० लाख सहयोग 

  • 2.2K
    SHARES

  • अमेरिकाबाट कांग्रेस नेता भण्डारीले गरे काठमाण्डौंका काेराेना प्रभावितलाई करिब १० लाख सहयोग 

    अमेरिका, कात्तिक ४ ।
    नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले काठमाण्डौंको ३ नम्बर निर्वाचन क्षेत्रमा कोरोना महामारीवाट प्रभावित भएकाहरुलाई सहयोग गर्नका लागि ९ लाख ७५ हजार राहात रकम उपलब्ध गराएका छन् ।

    उनले त्यस निर्वाचन क्षेत्रमा पर्ने सबै वडाहरुलाई ७५ हजारका दरले राहत रकम उपलब्ध गराएका हुन् । यस क्षेत्रमा १३ वटा वडा रहेको छ । अमेरिकामा व्यापार व्यवसायमा समेत संलग्न भण्डारी काठमाण्डौं क्षेत्र नं ३ वाटैं कांग्रेसका महासमिति सदस्य हुन् ।

    सोमबार आयोजित एक कार्यक्रममा कांग्रेस काठमाण्डौं क्षेत्र नं ३ का  क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे लगायत त्यस क्षेत्रका पदाधिकारीहरुको भेलाले कांग्रेस वडाका इकाई सभापति मार्फत सो राहत हस्तान्तरण गरिएको हो ।

    भण्डारीले अहिले कोभिडका कारण अप्ठ्यारोमा परेका विपन्न व्यक्तिहरुलाई केहीभएपनि राहत हुन सकोस् भनेर आफूले  सहयोग उपलब्ध गराएको बताए । भण्डारीले भूकम्पको चपेटामा परेका बेला पनि सहयोगी हात अघि बढाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology