Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

तिलोत्तमा -३ मा कांग्रेस नेता कल्याणले ल्याए मनछुने योजना,सुत्केरी भत्तादेखि कौशी खेतीसम्म

तिलोत्तमा -३ मा कांग्रेस नेता कल्याणले ल्याए मनछुने योजना,सुत्केरी भत्तादेखि कौशी खेतीसम्म

  • 4.8K
    SHARES

  • तिलोत्तमा -३  मा  कांग्रेस नेता कल्याणले ल्याए  मनछुने योजना,सुत्केरी भत्तादेखि कौशी खेतीसम्म

    तिलोत्तमा,बैसाख १८ ।

    नेपाली कांग्रेस तिलोत्तमा वडा न ३ ले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । वडा अध्यक्षका उम्मेदवार कल्याण पौडेलले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सुशासन, स्वास्थ्य, सरसफाइ, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार, कृषि लगायतका एजेन्डा अगाडी सारिएको छ ।

    प्रतिवद्धता पत्रमा स्वास्थ्य चौकीको स्तरोन्नती, निशुल्क स्वास्थ्य जांच, ६५ वर्ष माथीका जेष्ठ नागरिकलाई ६-६ महिनामा घर घरमै स्वास्थ्य जांच, निशुल्क औषधी, सुत्केरी महिलालाई ३ महिना सम्म मासिक एक हजारका दरले सुत्केरी भत्ता, घुम्ती स्वास्थ्य शिविर, विपन्न परिवारलाई पानीको धारा जडान र शौचालय निर्माणका लागि आर्थिक सहयोग गरिने उल्लेख छ ।

    हाम्रो सगरमाथा आधारभूत विद्यालयको स्तरोन्नती, अंग्रेजी माध्यमबाट पठन पाठन, सिमानगर खेलकूद मैदानको स्तरोन्नती, खेलाडीहरुलाई प्राविधिक तालिम, खेलकूद सामाग्रीको ब्यवस्था, सबै टोलका सडक विस्तार, कालोपत्रे, सडक तथा सोलार वत्ती जडान, ६० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण लगायतका कार्यक्रम प्रतिवद्धता पत्रमा समेटिएको वडा सभापति केशरी पाण्डेले वताउनु भयो ।

    ढल तथा फोहोरको ब्यवस्थापन, आवशयक ठाउंमा सार्वजनिक शौचालय निर्माण, सडक चोकमा सिसि टिभी क्यामेरा जडान, पार्किङ्गको ब्यवस्था सहित हाट वजार संचालन, करेशा वारी र कौशी खेतीको प्रवद्र्धनका लागि निशुल्क तालिम र विउ विजनको ब्यवस्था, वेरोजगार युवाहरुलाई स्वरोजगार र रोजगारलाई पुरस्कार र प्रोत्साहन गरिने, वडा तथा टोल वासीले छनोट गरेका योजनाहरुलाई उच्च प्राथमिक्तामा राखेर काम गर्ने वडा अध्यक्षका उम्मेदवार कल्याण पौडेलले वताउनु भयो । प्रतिवद्धता पत्रमा उल्लेख गरिएको सबै कार्यक्रमहरु क्रमश ५ वर्ष भित्र पुरा गर्ने पनि पौडेलले प्रतिवद्धता जनाउनु भयो ।

    वडा न ३ मा पौडेलको नेतृत्वमा महिला सदस्यमा चुडाकुमारी बिष्ट, दलित महिला सदस्यमा रेखा सार्की, खुला सदस्यमा बिष्णुबहादुर थापा र नारायणबहादुर थापा क्षेत्री उम्मेदवार बनेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology