Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार,१० पालिकामा को-कस्ले पायो टिकट ?

पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार,१० पालिकामा को-कस्ले पायो टिकट ?

  • 2.3K
    SHARES

  • पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार,१० पालिकामा को-कस्ले पायो टिकट ?

    बुटवल,बैसाख १२ ।

    नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका भाग परेका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

    पाँच दलीय गठबन्धनमा भागबन्डा भएअनुसार कांग्रेसले ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । जसअनुसार तानसेनको प्रमुखमा सन्तोषलाल श्रेष्ठ, रामपुर नगरपालिका प्रमुखमा रमणबहादुर थापा र उप-प्रमुखमा बालकुमारी थापा चयन भएका छन् ।

    यस्तै, निस्दी गाउँपालिका अध्यक्षमा गोविन्दप्रसाद अर्याल र पूर्वखोला गाउँपालिका उपाध्यक्षमा बिष्णुकुमारी आचार्य उम्मेदवारी दिने भएका छन् भने रम्भा गाउँपालिकाको उपाध्यक्षमा विष्णुकुमार थापाले उम्मेदवारी दिनेछन् ।

    माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई तथा बगनासकाली गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी, रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा शान्ता अधिकारीको नाम टुङ्गिएको छ ।

    रैनादेवी छहरा गाउँपालिकामा रूक्मांगत भट्टराई, तिनाउ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस सूचना विभाग प्रमुख सन्तोषकुमार थापाले बताए ।

    पाल्पामा सत्तासाझेदार पाँच दलीय गठबन्धको बैठकले नेपाली कांग्रेसलाई दुई नगरको प्रमुखसहित ६ स्थानीय तहमा प्रमुख र एक नगरसहित ६ वटा स्थानी तहमा उपप्रमुखको जिम्मेवारी दिने भागबन्डा भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology