Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

तिलोत्तमा-१ को वडाध्यक्षमा पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिने

तिलोत्तमा-१ को वडाध्यक्षमा पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिने

  • 2.4K
    SHARES

  • तिलोत्तमा-१ को वडाध्यक्षमा पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिने

    बुटवल,बैसाख ११ ।

    स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा–१ बाट खिमलाल पाण्डेले वडाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिने भएका छन् ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा आवद्ध हुँदै आएका उनले आफूले स्वतन्त्र रुपले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका हुन् । वडा तहमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध हुँदै आएका उनले पार्टीबाट आफू अलग रहेर स्वतन्त्र रुपमा वडा अध्यक्षको उमेद्वारी दिन लागेको जानकारी गराए ।

    तिलोत्तमा–१ शंकरनगरमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो जित निश्चित रहेको समेत दाबी गरे । विभिन्न ११ बँदे चुनावी प्रतिवद्धताहरु प्रस्तुत गर्दै पाण्डेले राजनीतिक दलहरु भित्र नातावाद र कृपावाद हावी भएका कारण त्यसबाट टाढा रहँदै निस्पक्ष रुपमा जनताको काम गर्न आफ्नो उमेद्वारी रहने उल्लेख गरे ।

    २०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्य बनेका उनी नेकपा माओवादीहुँदै पछिल्लो ८ वर्ष विप्लव नेतृत्वको माओवादीमा आवद्ध भएका थिए ।

    आफ्नो स्वतन्त्र उमेद्वारी घोषणासँगै उक्त पार्टीसँगको आवद्धता समेत टुँगिएर आफू स्वतन्त्र नागरिक मात्रै भएको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology