बुटवल,बैशाख १०।
नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय व्यवस्था अन्त्यका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता हुंनुपर्नेमा जोड दिनुभएको छ ।
१५३ औ लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादी,नेकपा मसाल तथा माक्सवादी बिचार मञ्च,रुपन्देहीले आज बुटवलमा संयुक्त रुपमा आयोजना गरेको संसदबादबारे अन्तरक्रिया कार्यक्रममा नेता श्रीसले संसदीय व्यवस्था अन्त्यका लागि क्रान्तिकारी कम्युनिष्टहरु एकठाउं आउंनैं पर्ने बताउंनुभयो ।
कम्युनिष्टको नाममा संसदवाद तथा अवसरवाद हावी हुंदैं गएको भन्दैं उहांले संसदवादलाई परास्त नगरि क्रान्ति सफल नहुंने बताउंनुभयो ।
एमाले,माओवादी केन्द्र संसदीय व्यवस्थामा चुर्लुम्म डुवेको र विप्लव नेकपा पनि दक्षिणपन्थी संसोधनवादतर्फ उन्मुख भएकाले मुलुकमा क्रान्तिकारी कम्युनिष्टहरु कमजोर बनेको उहांले स्वीकार गर्नुभयो ।
शान्तिपूर्ण तरिकाले मुलुकमा बैज्ञानिक समाजवाद र साम्यवाद आउंन नसक्ने उहांले दावी गर्नुभयो ।संसदीय व्यवस्था श्रमजिवी जनताको व्यवस्था नभएको भन्दैं यसको अन्त्यका लागि क्रान्ति जरुरी रहेको उहांले आवश्यकता औंल्याउंनुभयो ।राष्टिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेलले नेपालमा रहेका कम्युनिष्ट पार्टीमा मौलाएको दक्षिणपन्थी संसदवादले क्रान्तिको घांटी निमोठेको टिप्पणी गर्नुभयो ।
मुलुकमा समाजवादी व्यवस्था स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु लाग्नुपर्ने उहांले बताउंनुभयो ।कार्यक्रममा उल्लेखित विषयवस्तुमाथि वामपन्थी नेता एवं माक्सवादी बिचार मञ्चका युवराज पन्थीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता लक्ष्मीकान्त पौडेल,माक्सवादी बिचार मञ्चका बिनबहादुर कुंवर,राष्टिय जनमोर्चाका बाबुराम आचार्य लगायतले बोल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)