Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

सैनामैना ७ मा  एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी 

सैनामैना ७ मा  एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी 

  • 1.5K
    SHARES

  • सैनामैना ७ मा  एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी 

    बुटवल,बैसाख ३। 

    नेकपा एमाले सैनामैना ७ मा चुनाबी सरगर्मी बढेको छ । आसन्न बैशाख ३० गतेको स्थानीय चुनाबलाइ लक्षीत गर्दै नेकपा एमाले सैनामैना ७ शाखा कमिटीले ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

    जसको संयोजकमा ठाकुरप्रसाद पाण्डे रहनुभएको छ भने सहसंयोजकमा गंगाराम अर्याल, शोभाखर बेल्वासे, डिलाराम बेल्बासे, मन्जु भुषाल, हरिराम चौधरी रहेका छन । यस्तै शुक्रबार निर्वाचन वडा सम्पर्क कार्यालयमा बसेको बृहत भेलाले आर्थिक समिती पनी चयन गरेको छ ।

     जसको संयोजकमा शोभाखर बेल्वासे, सह संयोजकमा ठाकुरप्रसाद पाण्डे,डिलाराम बेल्बासे, टेकप्रसाद बस्याल, दिपक न्यौपाने रहेका छन । यस्तै बिष्णुप्रसाद पाण्डेको संयोजकत्वमा ५१ सदस्यिय युवा परिचालन कमिटी गठन गरिएको छ । जसको सहसयोजकमा दिलिप पौडेल, कृष्ण सुवेदी,जिबन पौडेल,रेशम थापा रहेका छन ।

    प्रत्येक समितीमा आबश्यकताका अनुसार सदस्यहरु थपिदै जाने निर्वाचन परिचालन कमिटीका संयोजक ठाकुर पाण्डेले बताए । यसैगरी जेष्ठ कम्युनिष्ट मन्च, अनेमसघं, खेलकुद महासघं , किसान महासंघ लगायतका बिभिन्न समिती गठन गरी पाटीलाइ एक ढिक्का बनाइ चुनाबमा केन्द्रित गरिएको शाखा कमिटीका अध्यक्ष एवम वडा अध्यक्षका उम्मेदवार भिमकान्त न्यौपानेले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा इन्चार्ज ठाकुरप्रसाद पाण्डेले नेकपा एमालेलाइ बिजयी बनाउन कुनै कसर बाकि नराख्ने बताए ।

    जस्तोसुकै गठबन्धन भएपनी नेकपा एमालेलाइ हराउने कुने शक्ति नरहेको भन्दै उनले फेरी पनी वडा र नगरमा एमालेको जित सुनिश्चित भएको दाबी गरे । कार्यक्रममा बोल्दै निर्वाचन परिचालन कमिटीका डिलाराम बेल्वासे, केशब बिक, टेक नारायण बस्याल लगायतले बोल्दै हरेक कमिटीलाइ क्रियाशील बनाउदै चुनाब लक्षीत कार्यक्रमलाइ दिन दुगुना रात चौगुना बनाउदै लैजाने बताए।

    हरेक हिसाबले योग्य , इमान्दार, शालीन र शैक्षीक ब्यक्तित्व सहितको सर्वसम्भत रुपमा उम्मेद्वारहरु मैदानमा आइसकेकाले चुनाबी अभियानमा भिड्न आम कार्यकर्तालाइ निर्देशन समेत दिएका थिए । सचिब टेकनारायण बेल्बासेको सन्चालन तथा अध्यक्ष भिमकान्त न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology