Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

युएसएआईडीले नेपाललाइ दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार

युएसएआईडीले नेपाललाइ दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार

  • 1.4K
    SHARES

  • युएसएआईडीले नेपाललाइ दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार

    बुटवल,चैत २ ।

    सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ ।

    चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।

    उहाँले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने छ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

    त्यस्तै, बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब बराबरको सहुलियत ऋण साहयता स्वीकार गर्ने निर्णय गरेको छ ।

    यसैगरी, सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई नियुक्ति गर्ने र राष्ट्रिय आवास कम्पनी लिमिडेटको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

    cabinet.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology