Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

काँग्रेस क्षेत्र न २ रुपन्देहीको बैठक सम्पन्न,जागरण अभियान सफल भएको निश्कर्ष

काँग्रेस क्षेत्र न २ रुपन्देहीको बैठक सम्पन्न,जागरण अभियान सफल भएको निश्कर्ष

  • 2.2K
    SHARES

  • काँग्रेस क्षेत्र न २ रुपन्देहीको बैठक सम्पन्न,जागरण अभियान सफल भएको निश्कर्ष

    बुटवल,बैसाख २ । 

    नेपाली काँग्रेस क्षेत्रीय समिती क्षेत्र नम्वर -२ रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ ।

    नेपाली काँग्रेस केन्द्रिय समितिले देशैभरका सम्पुर्ण जिल्लामा २०७८ फाल्गुण २९ गतेदेखि चैत्र २९ गते सम्म सञ्चालन गरेको कार्यक्रम अन्तर्गतको गाउँ गाउँ जाउँ काँग्रेस जिताँउ एक महिने जागरण अभियान यस निर्वाचन क्षेत्रमा शानदार ढंगबाट सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

    अभियानलाई प्रभाकारी बनाउदै पार्टी संगठनलाई शशक्त परिचालनमा सहजीकरणका लागि क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई अभिमुखिकरण तालिम दिएर क्षेत्रका २३ वटै वडामा वडा प्रतिनिधि खटाएको थियो । वडामा तोकिएका प्रतिनिधिहरुले वडा समिती, टोल कार्यसमिति तथा निर्वाचनलाई लक्षित गरेर निर्माण गरेको परिचालन समिती, पार्टीका भातृ तथा शुभेच्छुक संस्थासंग साक्षात्कार गरि क्षेत्रीय कार्यसमिति समक्ष लिखित प्रतिवेदन पेश गरेकाछन।

    प्रतिनिधि मार्फत आएका प्रतिवेदन उपर कार्यसमितिले छलफल गरेको छ । वडाबाट आएका प्रतिवेदनहरु जिल्ला कार्यसमिती समक्ष बुझाइने सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो ।

    क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा सम्पन्न बैठकले वडामा तोकिएका प्रतिनिधिहरु, वडा समिती, टोल समिति, निर्वाचन परिचालन समिती लगायत पार्टीका सबै तहलाई धन्यवाद ज्ञापन गर्दै आउदै गरेको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी बनाउन सम्पुर्ण मतदात समक्ष अपिल गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology